The paper examines the existing prison policy of Nepal to diagnose critical problems emerging by neglecting the need of prison reform, despite several attempts and efforts. The punitive prison policy implemented back in 1963 has dilapidated triggering some of the most unanticipated problems possessing threat to an individual, community and country as a whole. The study focuses on the current situation of the prisons in Nepal and the problem associated with it, identifies the alternatives that can be implemented to mitigate the problems and recommends the most suitable alternative that would help to alleviate those problems. The study highlights overcrowding, accommodation, education, health, employment and discrimination as the critical problems. Subsequently, it scrutinizes these problems from sociological, economical and human rights perspective. Based on these arguments, the study emphasizes on either reforming the existing prison policy, implementing open prison policy or public private partnership policy. Case studies of prison policies practiced in different countries are taken in account to support the argument. In summation, the research takes into account the policy problem associated with the prison reform and makes a recommendation to fulfill the policy gap for reforming the prison sector of Nepal.
नेपालमा आदिवासी जनजाति आन्दोलनले वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि आकार लिएको हो । आदिवासी जनजाति आन्दोलनको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरिरहेको छ । महासंघले आन्दोलनको क्रममा थुप्रै किसिमका माग÷दाबी गरेको छ । तर, यो अध्ययनमा आदिवासी जनजातिको परिभाषामा महासंघ र राज्यबीच ‘हिन्दू वर्णाश्रम’भित्र पर्ने कि नपर्ने विषयमा देखिएको विरोधाभासलाई प्रस्तुत गरिएको छ । त्यसपछि आदिवासी आन्दोलन उपेक्षाले जन्माएरको अधिकारको आन्दोलन हो भनेर सैद्धान्तिक आधारकको व्याख्या गरिएको छ । ‘सामाजिक आन्दोलन’को सैद्धान्तिक फ्रेमवर्कभित्र ‘समता’ र ‘सामाजिक न्याय’को अवधारणामा आदिवासी आन्दोलन बाँधिएको छ । यसमा इन्स्टिच्यूट्, एक्टर र कन्टेक्स्टलाई ध्यानमा राखेर अध्ययन गरिएकाले ‘एजेन्सी एप्रोज’ विधिको उपयोग गरिएको छ ।महासंघले स्थापनाकालदेखि अहिलेसम्म पाँचओटा ‘राज्य संयन्त्र’को माग राखेको थियो÷छ, ती क्रमशः अध्ययन संस्थान वा एकेडेमी, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति मन्त्रालय, जातीयसभा (माथिल्लो सदन वा राष्ट्रियसभालाई जातीयसभा बनाउने) र पहिचानसहितको संघीयताहुन् । एकेडेमी र आयोगको माग सामाजिक÷सांस्कृतिक मुद्धाकेन्द्रित माग हो । यी माग भाषिक÷सामाजिक÷सांस्कृतिक क्षेत्रको संरक्षण र विकास तथा त्यसको संवैधानिक प्रत्याभूतिको मान्यतामा आधारित छ । आदिवासी जनजाति मन्त्रालय, जातीयसभा र पहिचानसहितको संघीयता राजनीतिक माग हुन् । राजनीतिक मागहरू नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र आदिवासी जनजातिको पहिचानलाई सम्बोधन गर्ने ‘राज्य संयन्त्र’को स्थापनासँग जोडिएका छन् । यी प्रत्येक ‘राज्य संयन्त्र’का मागले तत्कालिन राज्यको चरित्र र आदिवासी आन्दोलनको गति र गन्तव्यको सीमा प्रष्टसँग उजागर गरेको छ । महासंघको मागलाई सम्बोधन गर्न राज्यले तीनओटा उपकरणहरू क्रमशः जनजाति उत्थान प्रतिष्ठान कार्यदल, राष्ट्रिय जनजाति विकास समिति (गठन) आदेश २०५४ र आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को उपयोग गरेको थियो । तीनै उपकरणसँग फरक–फरक एक्टर र कन्टेक्स्ट जोडिएका छन् ।अन्ततः राज्यले निर्माण गरेको तीन उपकरणले महासंघको एउटा मात्र माग सम्बोधन गरेको छ । महासंघले गरेका माग र राज्यले उपयोग गरेका उपकरणको सैद्धान्तिक आधारलाई ‘पोलिसी रिसर्च’को सन्दर्भसँग जोडेर यो लेखमा परिचर्चा गरिएको छ ।
Promoting people’s participation in local development efforts has been accepted and hailed by governments in developing countries as the most effective approach towards empowering communities that exist at the periphery of the power centre. Participation-based approach to local development is seen as the ideal way to empowering communities and marginalized groups that are part of these communities. In the case of Nepal, government and non-government agencies have designed their development strategies based on the model of participation-based development. So far majority of the development project reports and academic research have mostly upheld the concept of participation-based development as the prescriptive solution to development challenges. Very rarely do we find a critical review of the participatory based development model that is so widely applied. Therefore, this paper aims to tackle the very concept of participation-based development at the local level in order to assess whether the claims behind this concept as being fitting to Nepal’s development approach are actually true. It analyses three specific claims that are hailed as positive outcomes of the participation-based approach and compares it to the actual practices that exist in the grass root level to see whether these claims can be supported by the evidence found. The policy paper aims to highlight various factors that related agencies involved in local development must take into consideration when applying the concept of participation to development interventions. This paper also aims to provide insight into how communities are perceived by external agents and how this perception needs to be challenged in order to make local development strategies in the future more effective.
देशमा वर्गीय, जातीय, भाषिक, लिङ्गीय, सांस्कृतिक, धार्मिक र क्षेत्रियतामा आधारित भेदभावको अन्त्य गरी न्यायपूर्ण र समृद्धशाली समाजको निर्माणका लागि धेरै सामाजिक आन्दोलनहरु भएका थिए । यस्ता सामाजिक आन्दोलनहरु मध्ये वि.स. २०६२—६३ मा भएको जन आन्दोलन महत्वपूर्ण रुपमा रहेको छ । यस अध्ययनमा शान्ति प्रक्रिया भन्दा पछि पहिलो संविधानसभाको अन्त्य नहुदासम्मको समय अवधी भित्र उठेका महिला र दलितका सवालहरुलाई समावेश गरीएको छ । उक्त सवालहरु पहिलो संविधानसभा पछि बनेका नीतिहरुमा प्राथमिकतामा परे वा छाँयामा परे भनी विष्लेशण गरिएको छ । लैङ्गिक, जातजातीय, धार्मिक आदि हिसावले समान रुपमा बाँच्न पाउने अधिकारका आधारमा महिला र दलित सम्वन्धी सवालहरु अरु सवै सवाल भन्दा महत्वपूर्ण छ । यो अध्ययनले कुनै पनि सवाल प्राथमिकतामा पर्न के कुराहरुले निर्धारण गर्दछ र ती कसरी ओझेलमा पर्दछन् भन्ने बारेमा जानकारी दिने प्रयास गरेको छ । साथै दलित र महिलाको क्षेत्रका प्राथमिकतामा र छाँयामा परेका सवालहरुका बारेमा पनि जानकारी दिएको छ । अध्ययनलाई प्राथमिक र द्वितीय तथ्याङ्कका आधारमा सम्पन्न गरीएको छ । विगतमा गरिएका अध्ययन अनुसन्धानहरु, नीतिहरु र प्रस्तावित अध्ययनसंग सम्वन्धित सिद्वान्तहरुको प्रक्रियागत ढंगवाट पुनरावलोकन गरीएको छ । महिला र दलितका अधिकांस सवालहरु नेपाल सरकारका नीतिगत दस्तावेजहरुमा उल्लेखीत छन् । उल्लेखित सवालहरुको दुई वटा कमजोरीहरु रहेका छन् । पहिलो, नीतिहरु राम्ररी कार्यान्वयन हुन नसक्नु दोस्रो, नीतिगत रुपमा सम्बोधीत सवालहरुले लक्ष्यीत सबै महिला र दलित समुदायलाई समेट्न सकेको छैन । नीतिले कति र कहाँका समुदायलाई लाभान्यीत पुर्याउने भन्ने कुराको प्रष्ट व्यवस्था गरेको छैन । यसर्थ अधिकांस सवालहरु नीतिमा उल्लेख छन् तर नीति प्रष्ट नभएको हुंदा सबै महिला र दलित समुदायलाई समेट्न सकेको देखिदैन ।
