यो अनुसन्धान सूदुरपश्चिमाञ्चल विकास क्षेत्र (हाल प्रदेश न.७) मा मिडियाको अवस्था, पहुँच, लगानी, जनशक्ति, बजार, विज्ञापनको अवस्था, मिडियाले भोग्नु परेका समस्या र चुनौतीमा केन्द्रित छ । अनुसन्धानका अनुसार सूदुरपश्चिमाञ्चलमा कूल जनसंख्याको आधामा मात्र मिडियाँको पहुँच पुगेको छ । यस क्षेत्रमा रेडियोको उपलब्धता र लगानी छापा माध्यममा भन्दा बढी छ । तर, आर्थिक रुपमा रेडियोहरु सबल छैनन् । टेलिभिजन र अनलाइनको खासै विस्तार हुन सकेको छैन । मिडियामा काम गर्ने जनशक्तिलाई टिकाइराख्न चुनौतीपूर्ण रहेको छ । यसमा स्थानीय तहमा मिडियाको गुणस्तर वृद्धिका लागि नीतिगत रुपमा सुझाव पनि दिइएको छ ।
मिडियाको अवस्था र पहुँच