६ दशकअघि सुरु भएको सङ्घीय राज्यको माग अहिले संविधान निर्माण प्रक्रियामा प्रमुख मुद्दाका रूपमा उपस्थित
भएको छ । २०६२-६३ को जनआन्दोलन र त्यसपछि भएको मधे स आन्दोलनपछि राजनीतिक दलहरू राज्यको
पुनर्संरचना गर्दै सङ्घात्मक शासन व्यवस् थामा जान सहमत भए । तर कस्तो र कुन आधारमा सङ्घहरू निर्माण गर्ने
भन्नेमा चाहिँ ठूलो मतभिन्नता छ । पहिलो संविधान सभा निर्वाचनका क्रममा दलहरूले घोषणापत्रमार्फत आ–आफ्नै
किसिमको सङ्घीयताको प्रारूप ल्याए । संविधान सभाअन्तर्गतको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट
समितिले सामथ्र्य र पहिचानका आधारमा सङ्घीय संरचना निर्धारण गर्ने बताए पनि सङ्ख्याको विषयमा सहमति
जुट्न सकेन । त्यसमाथि दलहरूले सामथ्र्य र पहिचानका आधारलाई पनि आ–आफ्नै हिसावले व्याख्या गर्न थाले ।
परिणामस्वरूप सङ्घीयताको विषय झनै पेचिलो बन्यो । र, संविधान नै नबनाई चार वर्षमा संविधान सभा विघटन भयो ।
दोस्रो संविधान सभा निर्वाचनका क्रममा दलहरूले यससम्बन्धी धारणा अझै परिस्कृत गर्दै जनतासमक्ष ल्याए । पहिलो
र दोस्रो संविधान सभाबीच प्रतिनिधित्व र चरित्रमा व्यापक फेरबदल आयो । दोस्रो संविधान सभामा विभिन्न दलले
साझा अवधारणा भन्दै यो विषयमा सहमतिको दस्तावेज समेत ल्याउन थालेका छन् । तै पनि प्रमुख दलबीच सहमति
निर्माण हुनसकेको छैन । जे होस्, अहिलेको संविधान निर्माण प्रक्रिया सङ्घीयताको विषयमा आएर थेग्रिएको छ ।
यो सन्दर्भमा संविधान सभाभित्र भएको बहस बुझ्न आवश्यक छ । सभासद्हरूले सङ्घीयताको विषयमा व्यक्त गरेको
धारणालाई आधार बनाउँदै यो अध्ययन भएको छ । अध्ययनले संविधान सभामा राज्य पुनर्संरचनाको बहसमा दलीय
सहभागिता, जातीय समूहका आधारमा सभासद्हरूको सहभागिताका साथै सङ्घीय संरचनाका आधार, प्रदेश सङ्ख्या,
प्रदेशको नामाकरण, एकल मधेस वा मधेसमा बहुप्रदेशका साथसाथै जातीय अग्राधिकार र आत्मनिर्णयको अधिकार
जस्ता सङ्घीयतासँग जोडिएका पेचिला सवालमा सभासद्का धारणा के लाउने काम गरेको छ । जसले अहिले को राज्य
पुनर्संरचना तथा सङ्घीयताको बहसमा योगदान गर्ने हाम्रो अपेक्षा छ ।
अध्ययन तथा अनुसन्धानका लागि सधैँ उत्साहित बनाइरहने एलायन्स फर सोसल डायलग (एएसडी) का निर्दे शक
हरि शर्माप्रति आभारी छौं जसको मार्गनिर्देशनका कारण मात्रै यो अध्ययन सम्भव भयो । एएसडीका सहनिर्देशक प्रेम
सापकोटाप्रति पनि उत्तिकै आभारी छौं जसले निरन्तर छलफल र संवादमा रहेर तथ्याङ्क व्याख्यामा सहयो गगर्नुका साथै यसको प्रकाशनमा चाख लिएर ताकिता गरिरहनुभयो । त्यस् तै अध्ययन सामग्रीका साथै तथ्याङ्क सङ्कलनमा सहयोग
गर्नुहुने नागरिक दैनिकका वरिष्ठ संवाददाता बलराम पाण्डे लाई पनि धन्यवाद दिन चाहन्छौँ । तथ्याङ्कहरूलाई एसपिएस
सफ्टवेयरमा भर्ने कार्यमा विनिता न्यौ पाने को सहयोग र तथ्याङ्क प्रस् तुतिमा ढुण्डीराज पाठकको अतुलनीय योगदान पनि बिर्सन सकिन्न । अध्ययनका क्रममा विभिन्न हिसावले सहयो ग गर्नुुहुने सेन्टर फर मिडिया रिसर्च नेपालका उज्ज्वल
आचार्य, उज्ज्वल प्रजापतिका साथै अन्य साथीप्रति पनि आभार व्यक्त गर्छौं । पुस्तकको साजसज्जा गरिदिनुहुने बिक्रम
चन्द्र मजुमदार र भाषिक सम्पादन गरिदिनुहुने रघुनाथ लामिछाने को गुन पनि उत्तिकै महत्वपूर्ण छ ।