संविधान निर्माण प्रक्रिया सहमति असहमतिका विषय
Author: तिलक पाठक, भुवन के सी Publication Type: Occassional Paper 

मुुलुकमा संविधान सभाबाट संविधान निर्माण गर्ने प्रक्रिया सुरु भएको सात वर्ष भइसके को छ । संविधान बनाउन असफल भएर पहिलो संविधान सभाको म्याद स् वतः समाप्त भई पुनः अर्काे संविधान सभाको निर्वाचन सम्पन्न भएको पनि दश महिना पुगे को छ । संविधान सभाको निर्वाचनमा नेपाली कङ्ग्रे स, ने कपा एमाले , एकीकृत नेकपा माओ वादी लगायतका राजनीतिक दलले एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकार र राजनीतिक दलले दो स्रो संविधान सभाको पहिलो बै ठक बसे को २०७० माघ ८ गते लाई आधार मानेर त्यसको एक वर्षभित्र संविधान जारी गर्छाैँ भन्दै आएका छन् । दलहरूको प्रतिबद्धतासँग मे ल खाने गरी संविधान सभाले संविधान निर्माणको कार्यतालिका तयार पारे पनि त्यसअनुसार काम भने हुन सके को छै न ।
यसबीचमा संविधान निर्माणका लागि भन्दै बै ठक, छलफल, बहस, परामर्श गरिए पनि सङ्घीयता, शासकीय स् वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायत महत्वपूर्ण मुद्दामा दलबीच तीव्र मतान्तर छ । भदौ २१ गते भित्र संविधान सभा राजनीतिक संवाद तथा सहमति समितिले विवादित सबै विषयको टुङ्गो लगाउनुपर्ने भए पनि सहमति जुटाउन सके न । विवादित विषयहरूको टुङ्गो नलगाइकनै संवाद समितिले सहमति ® असहमतिका विषयलाई संविधान सभाको पूर्ण बै ठकमा पठाइदिएको छ । यता राजनीतिक दलहरूले भने विवादित विषयमा सहमति जुटाउनुको सट्टा धेरै ढिलो आएर उच्चस् तरीय राजनीतिक संयन्त्र गठन र संविधानबाहिर रहे का राजनीतिक दलहरूसँगको राष्ट्रिय राजनीतिक सम्मे लन आयो जना गर्ने विषय बहसमा ल्याए । यही सेरोफेरो मा तयार गरिएको यो आले खमा दो स्रो संविधान सभाको पृष्ठभूमि, त्यसपछिको राजनीतिक घटनाक्रम, २०७१ भदौ २६ गते सम्मको संविधान निर्माण प्रक्रिया, अघिल्लो संविधान सभामा संविधान निर्माणमा भएका काम र त्यसक्रममा दलबीच देखापरेका विवाद समेटिएको छ ।