वि.सं. २०६३ पछि पहिचान, प्रतिनिधित्व, पुनर्वितरणका साथै बिगतमा भएको उपेक्षा र भेदभावका लागि क्षतिपूर्ति, सवलिकरण र समावेशीकरण जस्ता विषयहरु प्रशस्त छलफल र बहसहरु भइरहेका छन् । यी विषयहरुलाई सम्बोधन गरेर अघि बढ्ने पद्धति र प्रक्रियाहरु भने स्थापित भइसकेका छैनन् ।
यही कुरालाई ध्यानमा राख्दै एलायन्स फर सोसल डायलग (एएसडी) ले सङ्क्रमणकालीन राजनीति र विभिन्न नीतिसँग सम्बन्धित मुद्दाहरुमाथि छलफलको दायरालाई फराकिलो पार्ने उद्देश्यले नीतिगत मुद्दामा केन्द्रित यो छलफल प्रकाशित गरेको हो।