जेठ ३: माओवादी कार्यकर्ताद्धारा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको चरम यातनापछि चितवनमा हत्या ।
जेठ ४: राष्ट्रसंघका महासचिव वान की मुनद्वारा नेपालमा संविधानसभा निर्वाचन सम्पन्न भएपनि अझै धेरै चुनौती बाँकी रहेको भनी नेपाल सम्बन्धी प्रतिवेदन राष्ट्रसंघमा प्रस्तुत ।
जेठ १५: संविधानसभाको पहिलो बैठकले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको घोषणा । गणतन्त्र कार्यान्वयनको पक्षमा ५ सय ६० मत र विपक्षमा राप्रपा नेपालको ४ मत । राजदरबार खाली गर्न पूर्वराजा ज्ञानेन्द्रलाई निर्देशन ।
असार ११: सात दलबीच २२ बुँदे सहमति । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र अन्तरिम संविधानमा संशोधन गरी राष्ट्रपति निर्वाचनको प्रक्रिया राख्ने लगायतमा सहमति ।
असार २४: अनमिनको समयावधि छ महिना थप्न सरकारद्वारा राष्ट्रसंघलाई पत्राचार ।
साउन ८: राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकद्वारा नेपाली सेना र माओवादी लडाकुको निरीक्षण र व्यवस्थापनका लागि अनमिनको समयावधि छ महिना थप गर्ने निर्णय ।
साउन २१: शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा द्वन्द्वका समयमा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपियाँ उपलब्ध गराउने जानकारी ।
साउन २२: द्वन्द्वको समयमा नियन्त्रण गरिएका निजी तथा सरकारी घरजग्गा फिर्ता गर्न र वाईसीएलको अर्धफौजी कार्यशैली रोक्न माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा पार्टी पंक्तिलाई निर्देशन ।
भदौ ३०: भूमिसुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा माओवादी कार्यकर्ता तथा सुकुम्बासीद्धारा सिराहाको रामनगर मिर्चैया ३ मा व्यक्तिको नाममा रहेको जग्गाा कब्जा ।
कार्तिक १२: माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनाका लागि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा पाँच सदस्यीय विशेष समिति गठन ।
कार्तिक १५: शान्ति प्रक्रियाबारे बुझ्न राष्ट्रसंघका महासचिव वान की मुन नेपाल भ्रमणमा ।
कार्तिक २१: लडाकु समायोजन र पुनःस्थापना विशेष समितिको कार्यक्षेत्र सातदलीय सहमति बमोजिम तय गर्न सत्तारुढ दलहरु माओवादी र एमाले सहमत ।
मंसिर ३: ०६५ कार्तिक ४ गते अपहरणमा परेका स्यूचाटारका निर्मल पन्त र पुष्कर डङगोलको हत्या वाईसीएलले गरेको खुलासा ।
मंसिर २४: भूमिसुधार, राज्य पुनःसंरचना, सत्य निरुपण तथा मेलमिलाप र बेपता छानबिन सम्बन्धीचारवटा आयोग तत्काल बनाउने सत्तारुढ दलहरु माओवादी र एमालेबीच सहमति ।
पुस ११: माओवादी लडाकु रेखदेख, समायोजन र पुनःस्थापना समितिमा माओवादी, कांग्रेस र एमालेका तर्फबाट दुई–दुई जना प्रतिनिधि राख्ने सहमति भएपनि अध्यक्ष चयनबारे भने विवाद कायमै ।
पुस १२: माओवादी र एमालेबीच ललितपुरको गोदावरीमा भएको वार्तामा माओवादीद्धारा युद्धकालमा कब्जा गरेको सम्पति, वाईसीएलको अर्धसैन्य संरचना तत्काल भङ्ग गरी सरकारी तथा निजी भवन खाली गर्ने प्रतिबद्धता ।
पुस १३: माओवादीद्वारा कब्जा गरिएका सम्पति फिर्ता गर्ने लगायतका विषयमा भएको नौबुँदे सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट अनुमोदन ।
पुस १७: माओवादीले कब्जा गरेको सम्पति फिर्ता तीन महिनाभित्र र वाईसीएलको अर्धसैनिक संरचना तीन सातामा खारेज गर्न माओवादी र कांग्रेसबीच सहमति ।
पुस २३: प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा सेना समायोजन तथा पुनःस्थापना विशेष समिति पुनर्गठन । माओवादी, कांग्रेस, एमाले, फोरमका दुई–दुई सदस्य गरी आठ जनाको समिति बनाउने मन्त्रिपरिषद्को निर्णय ।
पुस २४: नेपालमा शान्ति प्रक्रिया अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको भन्ने लगायतका कुराहरु उल्लेख गरिएको राष्ट्रसंघका महासचिव वान कि मुनको प्रतिवेदन सुरक्षा परिषद्मा ।
माघ ६: घरजग्गा फिर्ता सम्बन्धी प्रतिबद्धता कार्यान्वयनका लागि व्यवस्थापिका संसद्द्वारा ११ सदस्यीय प्रतिबद्धता कार्यान्वयन अनुगमन विशेष समिति गठन ।
माघ १०: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा नेपालस्थित राष्ट्रसंघीय मिसन ( अनमिन) को म्याद छ महिना थप ।
माघ १६: राष्टसंघीय महासचिव वान की मुनद्धारा अनमिन प्रमुखमा करिन लनग्रेन नियुक्त ।
माघ १७: सिन्धुलीमा आयोजित कार्यक्रममा माओवादीका नेता सीपी गजुरेलद्वारा कब्जा गरिएका सम्पति कुनै हालतमा फिर्ता नगर्ने धारणा व्यक्त ।
माघ १८: सरकारले ल्याएको बेपता नागरिक छानबिन आयोग अध्यादेश कुनै हालतमा फिर्ता नहुने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ ।
माघ २३: माओवादी लडाकुको रेखदेख, समायोजन र पुनः स्थापना सम्बन्धी विशेष समितिको बैठकद्वारा अनमिनले अयोग्य ठहर्याएका लडाकुलाई तत्काल शिविरबाट हटाउने निर्णय ।
फागुन १६: माओवादी सशस्त्र द्धन्द्ध, जनआन्दोलन र मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई शहीद घोषणा गर्ने, बेपता नागरिकबारे सिफारिस गर्न समिति गठन गर्ने सरकारको निर्णय ।
चैत ५: राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्ले पाँचदिने नेपाल भ्रमणमा ।
चैत ९: राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्लेद्वारा मानवअधिकार हनन्का दोषीलाई कारबाही नगरे शान्ति प्रक्रिया भाँडिन सक्ने सम्भावना व्यक्त ।
चैत १३: एकीकृत माओवादी कार्यकर्ताद्धारा युथफोर्स बुटवलका सदस्य प्रचण्ड थैवको गोली हानी हत्या ।
चैत १४: माओवादी सेना समायोजन तथा पुनःस्थापना समितिद्वारा नन्दकिशोर पुन, इन्द्रजित राई, पूर्वरथी बालानन्द शर्मा, शम्भुराम सिंखडा, पूर्वसहायक रथी गोपालसिंह बोहरा, दीपकप्रकाश भट्ट, पूर्वसचिव रामानन्द मिश्र र पूर्वप्रहरी उपरीक्षक सदानन्द कुर्मी रहेको प्राविधिक समिति गठन ।
चैत १९: माओवादी सेनाका लडाकुको समायोजन र पुनःस्थापना सम्बन्धी प्राविधिक समितिद्वारा आचारसंहिता र कार्यविधि तयार ।