२०६४ सालको शान्ति प्रक्रियाको घटनाक्रम

वैशाख ९ : माओवादीद्वारा कब्जामा लिइएका घरजग्गा र सम्पति जसरी पनि फिर्ता गराउने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रतिबद्धता ।

वैशाख १८ : कब्जा गरिएको सम्पति फिर्ता नहुने माओवादी नेता मोहन वैद्यको भनाइ ।

जेठ ९: पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)लाई सच्चिन माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशन ।
माओवादी द्वन्द्वपीडितलाई राहत र पुनः स्थापनाका लागि सरकारद्वारा १२ करोड रुपैयाँ निकासा गर्ने निर्णय ।
राज्यद्वारा बेपता पारिएका ९ सयभन्दा बढी व्यक्तिको अवस्था अज्ञात रहेको आईसीआरसीको प्रतिवेदन सार्वजनिक ।

जेठ २३: बेपताको स्थिति एक साताभित्र सार्वजनिक गर्ने सञ्चारमन्त्री कृष्णबहादुर महराको भनाइ ।

असार ८: नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयद्वारा वाईसीएलबाट भएका मानवअधिकार दुव्र्यवहारको आरोपसम्बन्धी प्रतिवेदन सार्वजनिक ।

साउन १०: बेपता नागरिकहरुको यकिन विवरण राज्यसँग नभएकाले सार्वजनिक गर्न नसकिएको शान्ति मन्त्री रामचन्द्र पौडेलको भनाइ ।

साउन २२ : सरकार र आदिबासी जनजातिबीच २० बुँदे सहमति ।

साउन २७ : माओवादीद्धारा संविधानसभा निर्वाचनका लागि गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली न्यूनतम आधार हुनुपर्ने माग सार्वजानिक ।

साउन ३१: शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलद्धारा वार्ताका लागि आन्दोलनरत सबै पक्षलाई आग्रह ।

भदौ ३: माओवादीद्धारा असोज १ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा ।

भदौ १३: सरकार र मधेशी जनअधिकार फोरमबीच २२ बुँदे सहमति ।

भदौ २९: माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालावीच संसदवाट गणतन्त्र र पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायत माओवादीको २२ वुँदे मागका विषयमा छलफल

असोज १: माओवादीका चार मन्त्रीहरु कृष्ण वहादुर महरा, हिसिला यमी, देव गुरुङ, र खडग वहादुर विश्वकर्माद्धारा गणतन्त्रको घोषणा र पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका २२ वुँदे माग पुरा नभएको भन्दै सरकारवाट राजिनामा ।
खुलामञ्चमा आयोजित आमसभामार्फत संविधानसभा निर्वाचन विथोल्ने माओवादी घोषणा ।

असोज १३: माओवादी केन्द्रीय समितिको वैठक । संसदवाट गणतन्त्र र पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागु नभए पाँच दिनभित्र आन्दोलन अघि बढाउने निर्णय ।

कार्तिक १४: बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा माओवादी संलग्नता रहेको प्रचण्डको स्वीकारोक्ति ।

कार्तिक १९: पत्रकार शाहलाई अपहरणकै दिन गोली हानी हत्या गरेको माओवादीको प्रतिवेदन ।

मंसिर १: वाईसीएलद्वारा नोबेल मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र खडकालगायत ६ जनालाई अपहरण गरी कुटपिट ।

मंसिर ५: मानव अधिकारवादी संस्था इन्सेकद्धारा शान्ति सम्झौता भएको एक वर्षमा २ सय ३४ जनाको हत्या भएको विवरण सार्वजनिक ।

मंसिर ६: माओवादीद्वारा विराटनगरमा जनअदालत पुनः सुरु ।

मंसिर ९: माओवादी छापामारलाई नेपाली सेनासँग समायोजन गर्नेबारे सैनिक अधिकारीहरुसँग दुई चरणमा छलफल भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुलासा ।
राष्ट्रिय मानवअधिकार आयोगद्वारा शान्ति सम्झौता भएको एक वर्षमा २ सय २१ जनाको हत्या भएको प्रतिवेदन सार्वजनिक ।

मंसिर २९: पूर्ण समानुपातिक नभए गोलमेच गर्न माओवादीको प्रस्ताव ।

पुस ३: सात दलको कार्यदल संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक लेख्न सहमत ।

पुस ६: प्रमुख तीन दलको बैठक । निर्वाचन प्रणालीमा सहमति जुटेन ।

पुस ७: गोलमेचको सटृा नागरिक भेला गर्न प्रमुख तीन दलद्धारा नागरिक समाजलाई आहन ।

पुस ८: संविधानसभाको निर्वाचन ०६४ चैतभित्र सम्पन्न गर्ने गरी सात दलबीच २३ बुँदे सहमति । नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने ।

पुस १२: अनमिन प्रमुख इयान मार्टिनद्धारा विज्ञप्ति जारी गरी माओवादी शिविरका १९ हजार ६ सय २ जना छापामार योग्य भएको जानकारी ।

पुस २४: माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्दा राजनीतिकरण हुने भन्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्धारा समायोजन गर्न नहुने भनाई सार्वजानिक ।

माघ २३: माओवादी नेता बाबुराम भटृराईद्वारा पार्टीले जनयुद्धको समयमा समानान्तर सरकारका रुपमा गठन गरेको क्रान्तिकारी जनपरिषद् पुनः क्रियाशील गराउने भन्दै प्रेस विज्ञप्ति जारी ।

फागुन १: माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी छिटै वैधानिक सत्ता कब्जा गर्ने अवस्थामा पुगेको भनाई सार्वजानिक ।

फागुन १५: संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाद्धारा नेपाली सेनामा मधेशीको समूहगत प्रवेश तत्काल गराउनुपर्ने माग राखिएपछि सरकार र मोर्चाबीच पुनः वार्ता ।

फागुन १६: सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चावीच आठबुँदे सम्झौता भएपछि मोर्चाद्धारा १६ दिनदेखिको मधेश आन्दोलन फिर्ता ।

फागुन १७: संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारबीच पाँचबुदे सहमतिपछि मोर्चाद्धारा आन्दोलनको कार्यक्रम फिर्ता ।

चैत्र २०: माओवादी अध्यक्ष प्रचण्डद्धारा वाईसीएललाई एक सातासम्म गान्धीवादी बन्न निर्देशन ।