एलायन्स फर सोसल डायलग (ए.एस.डि) निम्न विषयगत क्षेत्रहरुमा काम गर्न नेपालमा दर्ता भएका र कार्यरत इच्छुक संघसंस्थाहरुलाई अवधारणापत्र प्रस्तुत गर्न आह्वान गर्दछ ।
- न्यायमा पहुंच
- प्रजातान्त्रिक अभ्यास
- शिक्षा
- स्वतन्त्र सञ्चार
विश्वव्यापी अवधारणा, राष्ट्रिय नीति र कार्यक्रमलाई बढावा दिने र स्थानिय विषयहरुलाई सम्बोधन गर्न योगदान पु–याउने विचार र अवधारणालाई प्रोत्साहन गरिनेछ ।
इच्छुक संस्थाहरुले अवधारणा पत्र फारम भर्दा अवधारणापत्रको लागि निर्देशिका अनुसार भर्न अनुरोध गरिन्छ । पूरा भएका फारम सचिवालयमा तल उपलब्ध गराइएको पोस्टल मेल सेवा, इमेल asdnote@asd.org.np द्धारा वा यहाँ उपलब्ध अनलाइन फारम मार्फत ६ मार्च २०१६ (२३ फागुण २०७२) सम्म बुझाउन सकिनेछ । अपूर्ण अवधारणा पत्र र तोकिएको समय भन्दा पछि उपलब्ध अवधारणा पत्र मुल्यांकन प्रक्रियामा समावेश गरिने छैन ।
यससंग सम्बन्धित विस्तृत जानकारी www.asd.org.np मा पाउन सकिनेछ ।
पत्राचारको लागिः
एलायन्स फर सोसल डायलग सचिवालय
सोसल साइन्स वहा
पो.ब.नं. २५३३४
काठमाण्डौ ।