अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण
Monday, April 7, 2014
Written By: Bhuwan KC/Tilak Pathak
नयाँ संविधान जारी गर्दा संविधानसभा अध्यक्ष र राष्ट्रपतिको भूमिकालाई लिएर सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमलेबीच विवाद भयो । मुख्य राजनीतिक दलहरुबीचको विवादले संविधानसभाको संविधानसभा नियमावलीले अन्तिम रुप पाउने ढिला भयो । तैपनि संविधानसभा नियमावली पारित हुनु, संविधान निर्माणमा भूमिका निर्वाह गर्ने संविधानसभाका समितिहरुमा नेतृत्व चयन हुनु र अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिएर अघि दलहरु अघि बढनुले संविधान निर्माण हुनेमा आशा भने थपियो । तर, बैठक बस्न गणपुरक संख्या समेत नपुग्दा संसद समेत आलोचित भयो । उता, राजनीतिक सहमति जुटाएर २६ जना सभासद चयन गर्न पनि सरकार असफल भयो ।
