आन्तरिक झगडामा माओवादी र काँग्रेस (असोज १– ७ )

Sunday, September 25, 2011
Written By: Bhuwan KC/ Tilak Pathak

एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसमा उत्पन्न विवाद उत्कर्षमा पुग्यो । माओवादीभित्रको विवादले शान्ति प्रक्रिया र स्वयं सरकारको आयुमाथि नै प्रश्न उठाइदियो भने काँग्रेसको विवादले पनि शान्ति र संविधान निर्माणको मुद्दालाई ओझेलमा पार्न थप मलजल गर्यो ।

संयुक्त राष्ट्रसंघको ६६ औ महासभामा भाग लिन जानु अघि प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजन विशेष समितिमा लडाकुहरुको पुनवर्गिकरण गरेर अघि वढने प्रस्ताव राखेपनि काँग्रेस र एमालेका प्रतिनिधिहरुले त्यसमा सहमति जनाएनन । दलहरुबीच समायोजनको मोडल, संख्या, दर्जा, पुर्नस्थापना लगायत प्याकेजमा सहमति गर्नुपर्ने पुर्ववत धारणालाई काग्रेस र एमलेका नेताहरुले दाहेयाए ।

यता, माओवादीमा जारी विवादको परिणामस्वरुप उपाध्यक्ष मोहन बैद्य पक्षले छुटटै प्रशिक्षण कार्यक्रम गरे । र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको चारबुँदे सहमति खारेज हुनुपर्ने माग गरे जुन सहमतिको आधारमा भट्टराई नेतृत्वको सरकार बनेको थियो । ‘चार वुँदे सहमति राष्ट्रिय स्वाधिनता विरुद्ध भएको र यसले मुलुकलाई सिक्किमीकरण गराउने षडयन्त्र’ रहेको वैद्य पक्षको निष्कर्ष रह्यो । यो पक्षले सेनामा १९ हजार लडाकूलाई नै समायोजन गर्नुपर्ने नयाँ माग पनि अघि सार्यो । माओवादीमा देखिएको विवाद संसदमा पनि देखियो ।

दुवै पक्षबीच आरोप प्रत्यारोप बढेपछि असोज ६ गते अध्यक्ष दाहाल र उपाध्यक्ष बैद्यबीच भेटवार्ता भयो । तर, विवाद मत्थर भएन । दाहाल–वैद्य भेटघाटको भोलीपल्ट माओवादी अध्यक्ष दाहालले सार्वजनिक रुपमा नै भने –‘विवादले पार्टी फुटदैन । कोही बाहिरिन्छन भने तिनीहरु आफै बिलाएर जानेछन ।’

मुख्य गतिविधि

असोज १ सेना समायोजन विशेष समितिको बैठक । प्रधानमन्त्री भटट्राईद्वारा लडाकुहरुको पुनवर्गिकरण अघि बढाउन प्रस्ताव । काँग्रेस र एमालेद्वारा समायोजनको मोडालिटी, संख्या, दर्जा, संख्या लगायतमा राजनीतिक दलहरुसँग सहमति गर्नुपर्ने अडान ।
मन्त्रीपरिषद्को बैठक । द्वन्द्व पिडितहरुलाई राहत दिन र द्वन्द्व प्रभावितहरुको लगत र निर्देशिका तयार गर्न उच्च स्तरीय कार्यदल गठन । द्वन्द्वकाबेला माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न केन्द्र र जिल्लामा कार्यदल गठन गरेर प्रकृया अघि बढाउने निर्णय ।

एमालेद्वारा पत्रकार सम्मेलन गरी वर्तमान सरकारबाट शान्ति र संविधान सम्भव नभएको भन्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्न माग ।
संयुक्त राष्ट्रसंघको ६६औं साधारणसभामा भाग लिन प्रधानमन्त्री भटट्राई अमेरिका प्रस्थान । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणबारे जानकारी गराउने प्रधानमन्त्रीको भनाई ।

असोज २ भातृ संगठनको कार्य समिति भंग गर्ने संस्थापनको तयारी विरोधमा काँग्रेस केन्द्रीय कार्याालयमा अनसन । भंग गर्नुपर्ने माग गर्दै संस्थापन पनि अनसनमा ।
असोज ३ काँग्रेस केन्द्रीय समितिको बैठक । नेपाल तरुण दल, महिला संघ, प्रजातन्त्र सेनानी संघ र र आदिवासी जनजाति संघको कार्य समिति भंग गर्ने निर्णय । देउवा पक्षद्वारा बैठक बहिस्कार ।
माओवादी उपाध्यक्ष माहेन बैद्य पक्षद्वारा छुट्टै कार्यकर्ता भेला । अध्यक्ष दाहालले क्रान्तिलाई बिर्सजन गर्न खोजेको आरोप ।
असोज ४ माओवादी उपाध्यक्ष बैद्यद्वारा राष्ट्रिय भेलाको आयोजना । चार बुँदे सहमति राष्ट्रिय स्वाधिनता विपरित र मुलुकलाई सिक्किमीकरणतर्फ लैजाने षडयन्त्र भएको ठहर । १९ हजार सेना नै समायोजन गर्नुपर्ने माग ।
असोज ५ मधेशी जनअधिकार फोरमका अध्यक्ष जेपी गुप्ताद्वारा चार बुँदे सहमति राष्ट्रघाती नभएको भनाई ।
भातृ संगठनको कार्य समिति भंग गर्ने निर्णय फिर्ता नहुने काग्रेस सभापति कोइरालाको भनाइ । देउवा पक्षिय सभासद् र केन्द्रीय सदस्यहरुको छुट्टै भेला । कार्य समिति भंग गर्ने कार्य समितिको निर्णय फिर्ता गर्न माग ।
व्यवस्थापिका संसदको बैठक । माओवादीका सभासद् गजुरेलद्वारा मधेशी मोर्चाबीच भएको सहमति राष्ट्रिय स्वाधिनता विपरित भएको भन्दै सच्चाउन माग ।
असोज ६ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । सहमति राष्ट्रघाती र सिक्किमीकरण गर्ने षडयन्त्र नभएको जिकिर ।
माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा संयुक्त राष्ट्रिय परिषद् गठन गर्ने तयारीमा । सरकार र पार्टीलाई सहयोग गर्ने भनाई ।
माओवादीभित्र चर्किएको विवादबारे अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष मोहन बैद्यबीच छलफल । दाहालद्वारा भेलाबारे स्पष्टिकरण माग ।
काँग्रेसका ३३ सभासद्द्वारा प्रेस विज्ञप्ति जारी गरी भातृसंगठनहरुको कार्य समिति भंग गर्ने निर्णय तत्काल फिर्ता लिन माग ।
असोज ७ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा विवादले पार्टी नफुट्ने दाबी । बाहिरिएर गए आफै समाप्त हुने चेतावनी ।
प्रधानमन्त्री बाबुराम भटट्राईद्वारा संयुक्त राष्ट्रसंघको ६६आंै महासभालाई सम्बोधन । शान्ति र संविधानका लागि पूर्ण प्रतिबद्ध भएको दाबी ।