क्षतिपूर्ति दिएर जग्गा अधिग्रहण गर्ने सहमति (मंसिर २५– पुस २)

Sunday, December 18, 2011
Written By: Bhuwan KC/ Tilak Pathak

संविधानसभा संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको २०६८ साल मंसिर २९ गते बसेको बैठकले ‘जग्गामा हदबन्दी लगाउने तर हदबन्दी भन्दा बढी जग्गा सरकारले अधिग्रहण गर्दा क्षतिपूर्ति दिने व्यवस्था गर्ने सहमति’ जुटायो । सम्पत्तिको सीमा नतोक्ने तर करका माध्यमबाट सम्पत्ति शुद्धिकरण गर्नेमा पनि दलहरु सहमत भए । एकीकृत नेकपा माओवादी हदभन्दा बढी जग्गा अधिग्रहण गरी सुकुम्बासी, भूमिहिन र गरिब किसानलाई वितरण गर्नुपर्ने र सम्पतिको सीमा तोक्नुपर्ने पक्षमा रहँदै आएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले भने माओवादीको प्रस्ताव लोकतान्त्रिक पद्धति विपरित भएको भन्दै विरोध गर्दै आएका थिए ।

नेताहरुले उपसमितिमा सहमति भएपनि जग्गाका हदबन्दी र सम्पत्तिको सीमाबारे नयाँ संविधानमा केही उल्लेख नगर्ने बताए । उपसमितिको बैठकमा सहमति भएपनि संवैधानिक समितिमा भने सो विषयले तत्काल प्रवेश पाएन । माओवादीभित्रको विवादका कारण संवैधानिक समितिमा पेश हुन सकेन । माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टी अडान छाडेको भन्दै नेतृत्वको विरोध गरेपछि उपसमितिमा भएको सहमति अघि बढ्न नसकेको हो ।

यसैगरी दलहरु मानवता विरोधी अपराध, युद्ध अपराध तथा आम नरसंहार लगायतमा संलग्न भएकालाई भूतप्रभावी कानून बनाएर कारवाही गर्ने सकिने व्यवस्था नयाँ संविधानमा राख्न पनि सहमत भए । यसअघि माओवादीले भूतप्रभावी कानून बनाउन नहुने अडान लिँदै आएको थियो ।

राजनीतिक दलहरु संविधानमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गर्न सहमत भए । उपसमितिको बैठकमा मिश्रित निर्वाचन प्रणालीमा सहमत भएपनि प्रत्यक्ष र समानुपातिकमा कति÷कति प्रतिशत भन्ने विषयमा भने टुङ्गोमा पुगेनन । दलहरुबीच १८ वर्ष उमेर पुगेका नागरिकलाई मताधिकार हुने सहमति गरियो । संवैधानिक समितिले संविधान निर्माणका क्रममा विषयगत समितिहरूमा दोहोरिएका विषयलाई विवाद समाधान उपसमितिबाट टुंगो लगाउने निर्णय गर्यो । समितिले दोहोरिएका विषयलाई परिमार्जन गरी समितिमा ल्याउन पनि उपसमितिलाई निर्देशन दियो ।

संविधान निर्माणमा केही प्रगति भएपनि यो साता शान्ति प्रक्रियामा भने खासै काम अघि वढेन । कांग्रेस र एमालेका नेताहरुले शान्ति प्रक्रिया अघि बढ्न माओवादीले आनकानी गरेको आरोप लगाए । यसबारे माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको बैठकमा छलफल भयो । काँग्रेस र एमालेले स्वैच्छिक अवकास रोजेका लडाकुलाई उनीहरुले पाउने रकम सहित बिदा गर्नुपर्ने, पुनस्र्थापनामा जानेलाई ‘प्याकेज’ दिनुपर्ने र तत्काल शिविर खाली गर्नुपर्ने अडान लिए । उता, माओवादीले भने स्वैच्छिक अवकाश, पुनस्र्थापना र समायोजन गरेपछि मात्रै शिविर खाली हुनुपर्ने अडान लियो । दलहरुबीच मत विभाजन भएपछि लडाकुहरुको व्यवस्थापन कार्यतालिकामा पनि सहमति हुन सकेन ।

यता राज्य पुनर्संरचनाबारे सुझाव दिन गठित आयोगले काम गरिरहेको बेला कांग्रेसले पार्टीभित्र त्यो विषयमा बहस सुरु गर्यो । भक्तपुरस्थित नगरकोटमा भएको संसदीय दलको बैठकमा सभासद्हरुले पहिचान र सामथ्र्यको आधारमा प्रदेशको संख्या र सीमा निर्धारण गर्नुपर्ने सुझाव दिए । उनीहरुको सुझाव थियो–‘सामाजिक सद्भाव खलबलिने गरी जातिय आधारमा प्रदेशको विभाजन गर्न हुँदैन ।’

सञ्जुहाङ पालुङ्वा नेतृत्वको सङ्घीय लिम्बुवान् राज्यपरिषद्ले भने राज्यपुनर्संरचना आयोगमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै पूर्वाञ्चलका यो साता नौ जिल्लामा बन्द आह्वान गर्यो । शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीले बन्द हडताल बन्द गरी वार्तामा आउन परिषद्लाई आग्रह गरिन् । मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि परिषद्ले मंसिर २८ गते बन्द फिर्ता लियो ।
यो साता सत्ता साझेदार दलहरुवीच पनि विवाद देखियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी सरकार गठन पुर्व मोर्चासँग गरिएको चार वुँदे सहमति कार्यान्वयन गर्न दबाब दिए । उनीहरुको आरोप थियो–‘सहमति कार्यान्वयनप्रति प्रधानमन्त्री र माओवादी नेतृत्व उदासिन रहे ।’ त्यसपछि प्रधानमन्त्री भट्टराईले चारबुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको भन्दै नेपाली सेनामा मधेशी युवालाई प्रवेश गराउने प्रक्रिया सुरु गर्ने बताए ।

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले पुसको पहिलो साता गर्ने भनिएको बहुचर्चित नेपाल भ्रमण पनि यही अवधिमा स्थगित भयो । परराष्ट्रमन्त्री समेत रहेका सरकारका प्रवक्ता नारायाणकाजी श्रेष्ठले चीनको आन्तरिक कारणले भ्रमण स्थगित भएको र उपयुक्त समयमा चीनका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने दाबी गरे । प्रतिपक्षी दल नेपाली कांग्रेसले वेनको भ्रमण स्थगित हुनुलाई सरकारको कुटनीतिक असफलता भनी टिप्पणी गर्यो ।

मुख्य गतिविधि

 

मंसिर २५ सेना समायोजन विशेष समितिको बैठक । माओवादी सेनाका लडाकुको समायोजन, स्वैच्छिक अवकाश र पुनस्र्थापना प्रकृयाको कार्ययोजना तयार गर्न सचिवालयलाई निर्देशन ।
संवैधानिक समितिको बैठक । मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्वान्त समितिको प्रतिवेदनमा दोहोरिएका विषयलाई टुङ्गो लगाउन विवाद समाधान उपसमितिलाई निर्देशन ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङद्वारा राज्यपुनर्संरचना आयोगको प्रतिवेदनका कारण संविधान निर्माण प्रक्रिया अवरुद्ध नहुने भनाइ ।
कांग्रेस र एमालेको बैठक । अबिलम्व शान्ति प्रकृया टुंग्याएर सहमतीय सरकार गठन गर्ने विषयमा छलफल ।
मंसिर २६ काँग्रेस संसदीय दलको बैठक नगरकोटमा सुरु । जातीय आधारमा नभई पहिचान र सामथ्र्यको आधारमा प्रदेशको संख्या र सीमा निर्धारण गर्नुपर्ने सभासद्हरुको सुझाव ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट । चार बुँदे सहमति कार्यान्वयन गर्न दबाब । कार्यान्वयन नभए सरकार छोडन सकने चेतावनी ।
नेकपा एमालेका महासचिव महासचिव ईश्वर पोखरेलद्वारा राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह । राजीनामा दिंदा शान्ति प्रकृयामा केही असर नपर्ने र नयाँ सरकार गठनका लागि सहज हुने महासचिवको भनाइ ।
कांग्रेसका सभापति सुशील कोइरालाद्वारा पार्टीमा छलफलै नगरी प्रधानमन्त्री बन्छु भनेर देश दौडाहामा निस्क“दैमा शेरबहादुर देउवा प्रधानमन्त्री नहुने धारणा व्यक्त ।
राज्य पुनर्संरचना आयोगमा प्रतिनिधित्व नभएको भन्दै सञ्जुहाङ पालुङ्वा नेतृत्वको सङ्घीय लिम्बुवान् राज्यपरिषद्ले आव्हान गरेको बन्दका कारण पूर्वाञ्चलका नौ जिल्लाको जनजीवन प्रभावित । सरकार र लिम्बुवान्बीच २०६४ साल चैत ६ गते भएको सहमतिमा राज्यपुनर्संरचना आयोग गठन गर्दा सङ्घीय लिम्बुवान् राज्य परिषद्को प्रतिनिधित्व गराइने उल्लेख भए पनि कार्यान्वयन नभएको आरोप ।
माओवादीका सचिव सीपी गजुरेलद्वारा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई हटाएर आफ्नो पक्षले सत्ताको नेतृत्व लिने तयारी गरेको दाबी ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा एकलौटी निर्णय गरेर पार्टीलाई कमजोर नबनाउन पार्टी सभापति सुशील कोइरालालाई आग्रह । कार्यकर्ताको भावना बुझेर काम गर्न सुझाव ।
मंसिर २७ शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीद्वारा संघीय लिम्बुवान राज्य परिषद्लाई बन्द–हड्ताल स्थगित गरी वार्तामा आउन आग्रह । शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान निकाल्न सकिने भनाइ ।
संविधानसभा संवैधानिक उपसमितिको बैठक । नया“ संविधानमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गर्ने सहमति । १८ वर्ष पुगेकालाई मताधिकारको व्यवस्था गर्न पनि सहमति ।
माओवादीका उपाध्यक्ष मोहन बैद्यद्वारा दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठनमा कुरा मिले सरकारको नेतृत्वमा बाबुराम भट्टराईको विकल्प खोज्न भनाइ ।
सविधानसभाका अध्यक्ष सुवास नेम्वाङद्वारा राज्यपुनर्संरचना आयोगले प्रतिवेदन बुझाएलगत्तै नया“ सविधानको एकीकृत मस्यौदालाई सार्वजनिक धारणा व्यक्त । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन तयार हु“दासम्म शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति हुने विश्वास ।

चिनिया“ प्रधानमन्त्री वेन जियाबाओको पुस पहिलो साता हुने भनिएको नेपाल भ्रमण स्थगीत । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठद्वारा चिनिया“ प्रधानमन्त्रीको व्यस्तताका कारण नेपाल र बर्मा दुबै देशको भ्रमण स्थगित भएको दाबी ।
भौतिक योजना तथा निर्माण मन्त्री ह्दयेश त्रिपाठीद्वारा एक महिनाभित्र मधेशी युवालाई नेपाली सेनामा प्रवेश गराउने प्रक्रिया सुरु हुने दाबी ।
कानुन तथा न्याय मन्त्री बृजेशकुमार गुप्ताद्वारा न्यायलयलाई सुधार गर्ने भन्दा न्यायाधीश बनाइदिन मात्रै आउनेको न्यायलयमा भीड बढेकाले भ्रष्टाचार बढेको धारणा व्यक्त ।
माओवादीका सचिव सीपी गजुरेलद्वारा पार्टी फुट्ने औपचारिक घोषणा हुन मात्रै बा“की रहेको भनाइ ।

मंसिर २८ चिनिया“ प्रधाामन्त्री वेन जियाबाओको नेपाल भ्रमण अचानक स्थगित हुनुमा सरकारको कूटनीतिक कमजोरी भएको का“ग्रेसको आरोप । संसदीय दलका नेता रामचन्द्र पौडेलद्वारा निकालिएका विज्ञप्तीमा भ्रमण स्थागनबाट सरकारको कूटनीतिक क्ष्ँमतामाथि प्रश्न उठेको उल्लेख ।
संविधानसभा संवैधानिक समितिको बैठक । संविधान निर्माणका क्रममा विषयगत समितिहरूमा दोहोरिएका विषयलाई विवाद समाधान उपसमितिबाट अन्तिम टुंगो लगाउने निर्णय ।
तरुण्ँ दल चितवनका अध्यक्ष शिव पौडेललाई उपचारका लागि राजधानी ल्याइयो ।
संघीय लिम्बुवान राज्य परिषदद्वारा अरुण पूर्वको नौ जिल्लामा गर्दै आएको अनिश्चितकालीन बन्द फिर्ता ।
प्रधानमन्त्री भट्टराईद्वारा शान्ति र संविधानको कार्यभार पूरा नगरी वर्तमान सरकारले मैदान नाछाड्ने भनाइ । चारबु“दे सहमति गर्दा माओवादी र मोर्चाबीच गम्भीर छलफल भएकाले गठबन्दन नटुट्ने दाबी ।
मंसिर २९ माओवादी उपाध्यक्ष एवं उप–प्रधानमन्त्री नारायणकाजी निवासमा अध्यक्ष पुष्पकमल दाहाल सहितका संस्थापन पक्षका नेताहरुको जमघट । पार्टीको विवादबारे छलफल ।
संविधानसभा विवाद समाधान उपसमितिको बैठक । जग्गामा हदबन्दी लगाउने तर हदबन्दी भन्दा बढी जग्गा सरकारले अधिग्रहण गर्दा क्षतिपूर्ति दिने व्यवस्था गर्ने सहमति ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा शरतसिंह भण्डारी पक्षद्वारा केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गर्दा पनि अध्यक्ष विजयकुमार गच्छदारले बैठक नबोलाएको आरोप ।

प्रधानमन्त्री बाबुराम भट्टराई र नेपालका लागि चिनिया“ राजदूत योउ होउलानबीच भेट । चीनको आन्तरिक कारणले प्रधानमन्त्री वेन जिआबायोको नेपाल भ्रमण स्थगित भएको जानकारी ।
माओवादीका सचिव सीपी गजुरेलद्वारा सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट भएको आरोप ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईले नै आलटाल गरेकाले शान्ति प्रक्रिया र संविधान निर्माणले गति लिन नसकेको आरोप ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा भातृ संगठनको कार्य समिति भङ्ग भएपछि पार्टीमा चर्किएको विवाद सभापति कोइरालाले मिलाउन नचाहेको आरोप ।

पुस १ व्यवस्थापिका संसदको बैठक । माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्ष, मधेशी मोर्चामा आवद्ध दल, का“ग्रेस र एमालेका सभासद्हरुद्वारा सरकार असफल ह“ुदै गएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठद्वारा तोकिएको समयमा चिनिया“ं प्रधानमन्त्री वेन जिआबायोको नेपाल भम्रण हुन नसक्नुलाई कुटनीतिक विफलताको रुपमा लिन नमिल्ने भनाइ ।
सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताद्वारा संवैधानिक परिसद्को सदस्यबाट राजीनामा । अरुका लागि आफू बाधक नहुने भनाइ ।
माओवादी संस्थापन पक्षको अध्यक्ष पुष्पकमल दाहाल निवास नया“बजारमा बैठक । सरकार ढालेर अर्को नेतृत्व खोज्नु शान्ति र संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्नु भएको निष्कर्ष ।
सेना समायोजन विशेष समितिको बैठक । स्वैच्छिक अवकाश रोजेका लडाकुलाई बिदा गर्ने समय तालिकाबारे सत्तँपक्ष्ँ र विपक्ष्ँी दलबीच कुरा मिल्न सकेन ।
एमालेका नेता केपीशर्मा ओलीद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएपछि मात्र राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल गर्न सकिने धारणा व्यक्त ।
संविधानसभा संवैधानिक समितिको बैठक । दुई सदनात्मक व्यवस्थापिका कायम गर्ने विवाद समाधान उप–समितिको निर्णयलाई अनुमोदन । माओवादी विवादका कारण उप–समिति संयोजक पुष्पकमल दाहालले जग्गा र सम्पत्तीको हदबन्दी तथा हदबन्दी भन्दा बढी जग्गा सरकारले अधिकरण गर्दा क्षतिपूर्ति दिने निर्णयको जानकारी र छलफल हुन सकेन ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा आफुलाई संविधानभन्दामाथि रहेको घमण्ड नगर्न सबै दलका नेताहरुसँग आग्रह ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफु पार्टी एकता र मेलमिलापको पक्षमा रहेको दाबी ।
पुस २ तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव पौडेलको निधन । काँग्रेस कार्यकर्ताद्वारा देशका विभिन्न स्थानमा विरोध प्रदर्शन ।
का“ग्रेस केन्द्रीय समितिको बैठक । पौडेलमाथि भएको आक्रमणको छानविनका लागि न्यायीक आयोग गठन गर्न माग । महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन ।
मन्त्रिपरिषद्को बैठक । तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव पौडेलमाथि भएको आक्रमणको छानविन गर्न पूर्व न्यायाधीश मोहन सिटौलाको संयोजकत्वमा तीन सदस्यीय न्यायीक आयोग गठन । परिवारलाई राहत स्वरुप १० लाख रुपैया दिने निर्णय ।
माओवादी र मधेशी मोर्चाबीच वार्ता । चारबु“दे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता ।
एमाले अध्यक्ष झलनाथ खनालद्वारा अब माओवादी जंगलमा फर्केर जाने अवस्थामा नरहेकाले शान्ति प्रकृया टुंगो लाग्ने निश्चित भएको दाबी ।