|
मुख्य विषयमा प्रमुख दल जहाँको त्यही |
|
लेखक TILAK PATHAK/ BHUWAN KC
|
|
डाउनलोड गर्नुस्
समिति बैठकमा काँग्रेस र एमालेले केन्द्रमा दुई सदनात्मक संसदको प्रस्ताव गरे। जबकी माओवादीले त्यो भन्दा विल्कुल भिन्न केन्द्रमा एक सदन सहितको व्यवस्थापिका हुनु पर्ने भन्दै फरक मत पेश गर्यो। काँग्रेस र एमाले प्रतिनिधिसभामा मिश्रित निर्वाचन प्रणालीको कुरामा सहमति जनाए। माओवादीले वहुसदस्यीय निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन हुनुपर्छ भन्ने प्रस्ताव अघि सार्यो्। त्यस्तै माओवादीले व्यस्थापिकाको बैठक नबसेको वेला आवश्यक कार्य गर्न जनप्रतिनिधिहरु मध्येबाट एक स्थायी समितिको व्यवस्था हुनुपर्नेमा जोड दियो। संसदको नाम, स्वरुप, संख्या, प्रतिनिधित्व गराउने कुनै पनि विषयमा मुख्य दलहरुबीच सहमति हुन सकेन।
|
|
थप जानकारी...
|