|
डाउनलोड गर्नुहोस्
नेपालको संविधानसभाको बनोट रङ्गीचङ्गी खालको छ । यसले फरक फरक जाति, धर्म, सम्प्रदाय, वर्ग, क्षेत्र र लैङ्गिक अनुहारहरुको प्रतिनिधित्व गरेको छ । त्यसैले यसलाई ‘रेन्बो एसम्बली’ पनि भन्न सकिन्छ । फरक चेहेरा, विविध भाषा र भेषभूषामा सभासदहरु संविधानसभाको बैठकमा प्रस्तुत् हुन भइरहेका छन् । यसरी फरक पृष्ठभूमिमा देशका विभिन्न भागबाट २०६४ चैत २८ मा सम्पन्न संविधानसभाको निर्वाचनमा विजयी भई सभासदहरु संविधान लेख्ने धोको बोकेर राजधानी छिरेका हुन् । चाहे ती प्रत्यक्ष निर्वाचनबाट आएका हुन् या समानुपातिक सिटमा परेका किन नहुन् सबैको लक्ष्य एउटै थियो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेख्ने । यही उद्देश्य लिएर संविधानसभाको पहिलो बैठक (२०६५ जेठ १५) मा ६०१ जना सभासद उपस्थित थिए । पछि यो संख्या फेरबदल भईरह्यो । अहिले यो संख्या ५९४ रहेको छ । तर पहिलो दिन जुन उल्लास र उमंग लिएर उनीहरु नयाँबानेश्वरस्थित संविधानसभा भवनमा छिरेका थिए त्यो उल्लास, उमंग, जोश र क्रान्तिकारिता विस्तारै मत्थर देखियो । क्रमशः सभाको तीनवर्षे कार्यकाल अथार्त् १०९ औँ बैठकसम्म आइपुग्दा त्यो जोश यति कमजोर भयो कि उनीहरु हाँसो र खिल्लीका पात्र बने ।
|
|
थप जानकारी...
|
|
|
उच्च स्तरीय कार्यदल: मुख्य विषयमा सहमति जुटाउन असफल |
|
डाउनलोड गर्नुहोस्
झिनामसिना बाहेक संविधान लेखनकार्यमा गाँठो परिरहेका मूलभूत विषयमा उच्च स्तरीय कार्यदलले खासै सहमति जुटाउन सकेन । माओवादी अध्यक्ष पुयपकमल दाहालको नेतृत्वको कार्यदलले सत्ताईसवटा बैठक गरी संविधान लेखनमा देखिएका केही विषयमा सहमती गर्न त सफलता प्राप्त गर्यो तर दुईदुई पटक समय थप्दा पनि जिम्मेवारी पूरा नगरी अनिश्चयको गर्भमा विलुप्त भयो । नयाँ संविधान लेखनकार्यमा देखिएका विषयगत विवाद टुंग्याउनका लागि २०६७ असोज २५ गते विभिन्न दलका शीर्षनेताहरु सम्मिलित सात सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । २७ दलको सहभागितामा गठित उक्त कार्यदलको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकियो । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम अध्यक्ष उपेन्द्र यादव, मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छे, प्रजातान्त्रिक समाजवादी दल अध्यक्ष प्रेमबहादुर सिंह र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मणि चौधरी सदस्य थिए । कार्यदलको सहयोगीका रुपमा कांग्रेसका रमेश लेखक, एमालेका भरतमोहन अधिकारी, माओवादीका देव्रप्रसाद गुरुङ, फोरमका रत्नेश्वरलाल कायस्थ, नेमकिपाका सुनील प्रजापतिका साथै अन्य साना दलवाट प्रेमबहादुर सिंह, र रुक्मणि चौधरीलाई छानियो । तर, कार्यदल गठन प्रक्रिया र दलीय सहभागितालाई लिएर शुरुमै विवाद देखियो ।
|
|
थप जानकारी...
|
|
डाउनलोड गर्नुहोस्
नौ महिनामा संविधानसभाको पा“चवटा मात्र बैठक बसे । संविधान निर्माणमा बहस र छलफल बाहेक ती बैठकले कुनै उपलब्धी हासिल गर्न सकेनन् । थपिएको एक वर्षमा अब तीन महिना मात्र बा“की छ । संविधान लेखन कार्य चाहि“ एक वर्ष अघि जहा“ थियो अहिले पनि त्यहीं छ । संविधानको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यका शब्दमा, ‘संविधान लेखनकार्यमा एक वर्ष अघि हामी जहा“ थियौ“ अहिले पनि त्यही“ छौ“ ।’
|
|
थप जानकारी...
|
|
संविधान निर्माणमा राष्ट्रपतिको चासो र चिन्ता |
|
डाउनलोड गर्नुहोस्
नेपाली राजनीतिमा संक्रमणकाल लम्बिने स्पष्ट संकेतहरू देखिन थालेका छन् । राजनीतिका खेलाडीहरूबीच एकले अर्कालाई निषेध गरेर अगाडि बढ्ने होडबाजी चलेको देखिन्छ । अन्तर दलीय र दलहरूमा आन्तरिक विवादले चरम रूप ग्रहण गरेको छ । नेतृत्व तहमा बढ्दै गएको आपसी अविश्वास, शंका र द्धैध चरित्रका कारण उनीहरूप्रति जनविश्वास कमजोर बन्दै गएको छ । संक्रमणकाललाई सहज अवतरण गराउनका लागि सबैलाई मान्य हुने नेतृत्वको खडेरी देखा परेको छ ।
|
|
थप जानकारी...
|
|
शान्ति र संविधानमा काँग्रेसको जागरण अभियान |
|
डाउनलोड गर्नुहोस्
संविधानसभाले पूर्व घोषित समयअनुसार २०६७ साल जेठ १४ गतेसम्मा संविधान जारी हुन सकेन । त्यसपछि दलहरुले संविधान निर्माणका लागि एक वर्ष थप गरे । २०६८ साल जेठपछिका नौ महिना भइसक्दा पनि संविधान निर्माण प्रक्रिया सहज रुपमा अघि बढेन । दलहरुबीच भएका अन्तरविरोध र आशंकाले थप गरिएको समयमा मात्र होइन, संविधान निर्माणप्रति नै संशय सिर्जना भयो ।
|
|
थप जानकारी...
|
|
|
|
|
|
|
पृष्ठ 1 मध्ये 8 |