gototopgototop

Alliance for Social Dialogue

:: संक्रमणकालमा नेपाल संविधान निर्माण प्रक्रिया
हाम्रो कुरा

 

संबिधानसभाको निर्वाचनपछि मुलुक संबिधान निर्माणको क्रममा छ । जनताले आफ्नो संबिधान आफैले लेख्न पाउनुपर्ने माग उठीरहेको वेला संबिधानसभा मार्फत संबिधान निर्माण हुन लागेको छ । यस्तो अवस्थामा नेपालको संक्रमणकालिन राजनीति र संबिधान निर्माण प्रक्रियालाई सुक्ष्म ढंगले विश्लेषण गर्नु जरुरी छ ।

यही कुरालाई मध्यनजर गदै एलायन्स फर सोसल डायलग (एएसडी) ले संबिधान निर्माण प्रक्रियामा उठेका मुद्दाहरु र त्यसमा भए / गरिएका विषयमा जानकारी दिन यो ‘प्रोजेक्ट ’ सुरु गरेको हो । संबिधानसभासम्बन्धी दस्ताबेजहरु सकेसम्म एकै स्थानबाट पाइयोस् भन्ने हिसाबले संबिधानसभाका समितिको प्रतिवेदनहरुका साथै अन्य दस्तावेजहरुलाई वेवसाइटमा राखिएको छ ।

यसमा संबिधानसभाका समितिका प्रतिवेदनमाथि समिक्षा गदै विश्लेषणात्मक लेखहरु समावेश गरिएको छ । साथै समितिका काम, कारबाहीका विषयमा तयार पारिएका विश्लेषणात्मक लेखहरु पनि वेवसाइटमा राखिएको छ । संबिधानसभामा भएका छलफल र यसले अघि सारेका एजेण्डाहरुको वारे मुद्दाहरु आए भन्ने कुराको जानकारी दिनुका साथै लेखहरुले संविधान निर्माणको समग्र तस्वीर दिने छ भन्ने हाम्रो विश्वास छ  ।

यहाँ प्रस्तुत गरिएका लेखहरुमा संविधानसभाका विभिन्न समिति र त्यससँग सम्बन्धित विषयमा राजनीतिक दलहरुले के कस्तो अवधारणा प्रस्तुत गरे र कसरी सहमतिमा पुगे भन्ने कुराको विस्तृत व्याख्या गरिएको छ । राजनीतिक दलका कतिपय दस्तावेजहरु जस्ताको तस्तै पनि राखिएको छ। संबिधानसभामा कुन दिन के विषयमा कस्तो छलफल भयो भन्ने सुक्ष्म जानकारी दिने प्रयास गरिएको छ ।

यी सामाग्रीहरु नेपाली र अंग्रेजी दुवै भाषामा छन् । यद्यपी कतिपय सामाग्रीहरु नेपाली भाषामा मात्रै छन् । यो प्रयासले अनुसन्धानकर्तादेखी यस क्षेत्रमा चासो राखने व्यक्तिहरुलाई संविधान निर्माणको प्रक्रियाका विषयमा जानकारी लिन मद्दत पुग्ने हाम्रो ठम्याई छ । एक हिसाबले भन्ने हो भने यो एक प्रकारको अनलाइन पुस्तकालय हो जहाँवाट संबिधानसभा, संबिधानसभाका समितिहरुले गरेका काम / कारबाहीका साथै संबिधान निर्माणसम्बन्धी विभिन्न मुद्दाका विषयमा जानकारी पाइन्छ ।

संबिधान निर्माण विषयका यी सामाग्रीहरु पत्रकारहरु तिलक पाठक, ध्रुव सिम्खडा र भुवन केसीको समुहले तयार पारेको हो । पस्तुत लेखहरुमा ब्यक्त विचार लेखकका निजी हुन् । यसले एएसडीको धारणालाई प्रतिनिधीत्व गदैन ।

For comments and suggestions, you can write to us at यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ .