
| अवधारणा–पत्र र पेश गर्ने निर्देशिका |
|
नेपालमा लोकतन्त्र तथा खुला समाजको मान्यतालाई प्रवर्धन गर्ने काममा सक्रीय संघसंस्थारूलाई ओपन सोसाइटी इनस्टिच्युट (OSF), न्युयोर्क सहयोग गर्न इच्छुक छ । स्थानीय स्तरमा ओएसएफका गतिविधिहरूलाई सञ्चालन गर्नका लागि सामाजिक संवादका लागि सहकार्य (एएसडी)ले सहयोग गर्दै आएको छ । एएसडीले लोकतान्त्रिक प्रकृया, मानव अधिकार, गुणस्तरीय शिक्षा र स्वतन्त्र सञ्चारको प्रवर्धनमा नागरिक समाजको भूमिकालाई बलियो बनाउन जोड दिने गर्दछ । सरोकारवालाहरूसँगको छलफलका आधारमा एएसडीले मानवअधिकार, सञ्चार र शिक्षाका क्षेत्रमा काम गर्न केही विषयहरूको प्राथमिकीकरण गरेको छ । त्यस्ता विषयहरूमा काम गर्न इच्छुक स्थानीय संस्थाहरूका परियोजना प्रस्तावहरूलाई आवश्यक अनुदान रकम प्राप्त गर्न ओएसएफसँग सम्पर्क स्थापना गराउन एएसडीले सहयोग गर्दछ । प्राथमिकतामा परेका विषयहरूमा रचनात्मक कार्यक्रम सञ्चालन गर्न एएसडीले स्थानीय संघसंस्थाहरूलाई प्रेरित गर्छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवधारणा, नीति तथा कार्यक्रमहरूलाई सघाउ पुर्याउन सक्ने र स्थानीय स्तरमा देखिएका समस्या वा चुनौतीहरु पहिचान गरी दिगो समाधान दिन सक्ने कार्यक्रमहरू सञ्चालन गर्न एएसडीले स्थानीय संघसंस्थाहरूलाई प्रोत्साहित गर्दै आएको छ । एएसडीले प्राथमिकतामा राखेका क्षेत्र तथा विषयहरू क्षेत्रः मानवअधिकार विषयहरू १. सार्वजनिक जवाफदेहिता (एकाउन्टेविलिटी) २. सङ्क्रमणकालिन न्याय ३. मानवअधिकार शिक्षा ४. सामाजिक न्याय र समावेशीकरण क्षेत्रः शिक्षा (विद्यालय तथा विश्वविद्यालय शिक्षा) विषयहरू १. शिक्षामा पहुँच वृद्धि (समावेशी शिक्षा) २. शिक्षाको गुणस्तर वृद्धि ३. मानव स्रोतसाधन र शैक्षिक संस्थाहरूको व्यवस्थापन क्षेत्रः स्वतन्त्र सञ्चार विषयहरू १. सञ्चारकर्मीको व्यावसायिक क्षमता अभिवृद्धि २. सञ्चारगृह र सञ्चारकर्मीहरूको जवाफदेहिता सुरक्षा ३. सञ्चार र समाजबीचको सम्बन्ध परियोजना प्रस्ताव पेश गर्ने विधि र प्रक्रीया १. मानवअधिकार, सञ्चार र शिक्षाक्षेत्रसँग सम्बन्धित सवालहरूमा ओएसएफसँग काम गर्न इच्छुक संस्थाहरुले आप्mनो परियोजना अवधारणा–पत्र एएसडीमा पेश गर्नुपर्नेछ । अवधारणा–पत्रको मुल्याङ्कन पश्चात छनोटमा परेका संस्थालाई परियोजनाको पूर्ण प्रस्ताव पेश गर्न अनुरोध गरिने छ । यससम्बन्धी जानकारी र परियोजना प्रस्तावसम्बन्धी सूचनाहरू एएसडीको वेबसाइट www.asd.org.np मा हेर्न सकिनेछ । वेबसाइटमा उपलब्ध सामग्रीबाहेकका थप जानकारीका लागि एएसडीको इमेलः यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ मा सम्पर्क गर्न सकिनेछ । २.परियोजनाको अवधारणा–पत्र एएसडीको वेबसाइट www.asd.org.np वा इमेल यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ मार्फत पेश गर्न सकिने छ । सहभागिताका लागि योग्यता १. खुला र स्वतन्त्र समाज विकासका लागि मानवअधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रसँग सम्बन्धित सवालहरूमा काम गर्न इच्छुक संघ संस्थाले परियोजना अवधारणा–पत्र पेश गर्न सक्नेछन् । यसमा गैरसरकारी संस्था, सामुदायिक संस्था, प्राज्ञिक प्रतिष्ठान तथा नागरिक संघसङ्गठनहरू सरिक हुन सक्नेछन् । २. ओएसएफ न्युयोर्कबाट प्रदान गरिने अनुदान सहयोगका लागि काठमाडौं उपत्यकाबाहिरका संघसंस्थाहरूले मात्र अवधारणा–पत्र पेश गर्न सक्नेछन् । ३. नयाँ संघसंस्था भए पनि सिर्जनशील परियोजना तयार गर्न सकेमा उनीहरूको कार्यक्रमलाई प्राथमिकता दिइनेछ । ४. राजनीतिक दलहरूले अवधारणा–पत्र पेश गर्न पाउने छैनन् र राजनीतिक दलका क्रीयाकलापहरूलाई प्रत्यक्ष रूपमा सघाउ पुग्ने खालका परियोजनाहरूलाई पनि आर्थिक सहयोग प्रदान गरिने छैन । परियोजना अवधारणा–पत्र र प्रस्तावको नमुना एएसडीको वेबसाइटमा समावेश गरिएका छन् । परियोजना अवधारणा–पत्र र प्रस्तावसम्बन्धी सूचनाहरू निम्न स्थान र प्रक्रीयाबाट पाउन सकिनेछ । एएसडीको वेबपेज www.asd.org.np बाट डाउनलोड गर्न सकिनेछ । एएसडी सचिवालय, सोशल साइन्स बहाः, रामचन्द्र मार्ग, बत्तीसपुतली, काठमाडौंबाट लिन सकिनेछ । परियोजना प्रस्ताव आवेदनको समयावधि परियोजना अवधारणा–पत्र जहिले सुकै पेश गर्न सकिने छ । एउटा संस्थाले एकपटकमा एकभन्दा बढी परियोजना अवधारणा–पत्र प्रस्ताव पेश गरेमा स्वतः अस्वीकृत हुनेछ । अवधारणा–पत्र स्वीकृत भएपछि मात्र पूर्ण प्रस्ताव पेश गर्न अनुरोध गरिन्छ । अवधारणा–पत्र स्वीकृत नभइ प्रस्ताव पेश गरेमा पनि अस्वीकृत हुनेछ । परियोजनाको अवधि र बजेट सीमा ओएसएफले एकपटकमा बढीमा एक वर्ष अवधिको परियोजना स्वीकृत गर्ने गर्दछ । एएसडीको नीतिअनुसार साना तथा मझौला स्तरका परियोजनालाई प्राथमिकता दिइनेछ, जसअनुसार संस्थाहरूले एक वर्ष अवधिका लागि कार्यक्रम निर्धारण गर्दा बढीमा ३० हजार अमेरिकी डलरसम्मको अनुदान सहयोग माग गर्न सक्नेछन् । परियोजना अवधारणा–पत्र र प्रस्ताव तयारीमा ध्यान दिनुपर्ने पक्षहरू १. परियोजना अवधारणा–पत्र नेपालमा प्रचलित जुनसुकै भाषामा पनि लेख्न सकिनेछ । २. अवधारणा–पत्र बढीमा ३ पृष्ठभित्र समेट्नुपर्नेछ । ३. अवधारणा–पत्र र परियोजना प्रस्ताव A4 साइजको कागजमा कम्प्युटर प्रिन्ट हुनुपर्दछ । ४. अङ्ग्रेजी भाषामा लेखिने प्रस्तावका लागि १२ साइजको टाइम्स न्यु रोमन अक्षर (Font- Times New Roman, Size 12 Point) हुनुपर्नेछ । ५. देवनागरीमा लेखिने प्रस्तावका लागि १४ साइजको प्रीति, जगहिमाली, कान्तिपुर र युनिकोड फन्टको प्रयोग गर्न सकिनेछ । परियोजना छनोटको प्रक्रीया र अनुदान छनोटको निर्णय (अनुदान पाउन सफल परियोजनाको घोषणा) १. एएसडीले विभित्र चरणमा परियोजना अवधारणा–पत्र र प्रस्ताव मूल्याङ्कन गर्दछ । एएसडीमा प्राप्त भएका अवधारणा–पत्र मूल्याङ्कन पश्चात छनोट भएपछि मात्र पूर्ण प्रस्ताव पेश गनुपर्ने छ । (मूल्याङ्कनका प्रव्रिmया र मूल्याङ्कनका आधारहरू विस्तृत रूपमा अर्का पेजमा उल्लेख गरिएको छ ।) २. प्रारम्भिक छनोटमा परेका प्रस्तावहरू ओएसएफमा पठाइनेछ । अनुदानका लागि छानिएका परियोजनाहरूको अन्तिम निर्णय ओएसएफले नै गर्नेछ । सफल परियोजनाका आवेदकहरूलाई एएसडीमार्फत ओएसएफले सम्पर्क गर्नेछ । ३. छनोट भएका परियोजना प्रस्तावका आवेदकहरू र ओएसएफको बीचमा सम्झौता हुनेछ । संस्थाहरूले ओएसएफसँग हुने सम्झौताबमोजिम आर्थिक अनुदान पाउनेछन ्। अनुदान रकम ओएएसआईमार्फत संस्थाहरूको बैङ्क खातामा जम्मा हुनेछ । खर्चको व्यवस्थापन गर्ने र पारदर्शिता कायम राख्ने जिम्मा सम्बन्धित संस्थाको नै हुनेछ । ४. परियोजनाको कार्यान्वयनका व्रmममा एएसडी, ओएसएफ र अनुदान प्राप्त गर्ने संस्थाको बीचमा प्रत्यक्ष रूपमा सूचनाको आदानप्रदान भइरहनेछ । परियोजनाको अनुगमन र मूल्याङ्कन एएसडी र ओएसएफबाट हुनेछ । ओएसएफ नेटवर्क प्रोग्राम ओएसएफसँग सम्बन्धित रहेका नेटवर्क प्रोग्रामहरूले पनि नेपालमा खुला तथा स्वतन्त्र समाजको प्रवर्धनका लागि सहयोग गरिरहेका छन् । नेटवर्क प्रोग्रामहरू विषयगत क्षेत्रमा केन्दि«त रहेर काम गरिरहेका छन् । उक्त नेटवर्क प्रोग्रामहरूसँग काठमाडौं उपत्यकाका संघसंस्थाहरूले पनि काम गर्न सक्नेछन् । नेटवर्क प्रोग्रामसँग काम गर्न इच्छुक संघसंस्थाहरूले ओएएसआईको वेबपेज www.soros.org/initiatives बाट आवश्यक सूचनाहरू पाउन सक्नुहुनेछ । यी बाहेक थप सूचना आवश्यक भएमा एएसडीको सचिवालयका कार्यव्रmम अधिकृतहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । |