gototopgototop

Alliance for Social Dialogue

:: हाम्रो बारेमा एएसडी रणनीति सञ्चार (मिडिया) कार्यक्रमको रणनीति
सञ्चारमाध्यम

सन्दर्भ

सामान्यतया, नेपाली सञ्चारमाध्यमलाई स्वतन्त्र र स्वस्थ अवस्थामा रहेको मानिए पनि यसले धेरै समस्या बेहोरिरहेको छ। यस्ता समस्यामा काठमाडौँमा बढी केन्द्रित हुनु, खोज पत्रकारिता उति साह्रो नहुनु, पत्रकारहरूले राम्रो तालिम नपाउनु, सेल्फ सेन्सरसिप अपनाउनु र समाचारको कमजोर बजार हुनु आदि छन्। स्थानीय एफएम रेडियोबाहेकका स्थानीय नेपाली सञ्चारमाध्यम अविकसित अवस्थामा छन्। तुलनात्मक रूपमा स्तरीय मानिएका स्थानीय एफएम रेडियो पनि आफ्ना बुताले भन्दा काठमाडौँमा रहेका सामुदायिक रेडियो स्याटेलाइट सञ्चार र सामग्री उत्पादन गर्ने गृहहरूका कारणले गर्दा स्तरीय भएका हुन्।

रणनीतिक प्राथमिकता

एएसडीका सञ्चार क्षेत्रका मुख्य रणनीतिक यस प्रकार छः नेपाली सञ्चारमाध्यमलाई नेपाली जनताको सूचनाको आवश्यकता पूर्ति गर्न तयार पार्नु जसले लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र समृद्ध नेपालको निर्माण हुन मद्दत पुर्‍याउँछ।  
सङ्क्रमण कालमा, प्रेसको पूर्ण स्वतन्त्रताका लागि दबाब दिनु जरुरी हुन्छ। अन्य जरुरी कामहरूमा पत्रकारहरूको व्यावसायिक दक्षता, सञ्चारमाध्यमका सामग्री, पत्रकार आचारसंहिता र पत्रकारहरूका पेसागत सङ्गठनहरूमा समावेशीकरण आदि पर्दछन्। एसएसडीले स्थानीय संस्थाहरूलाई आफ्ना कार्यक्रम लागू गर्न, संवाद चलाउन, अनुसन्धान गर्न र दक्षता अभिवृद्धिसम्बन्धी गहन तालिम सञ्चालन गर्न सहयोग पुर्‍याउँछ।  
एएसडीले लन्डनमा रहेको नेटवर्क मिडिया प्रोग्रामसँग मिलेर काम गर्छ। यसै सिलसिलामा मार्च २०१० मा काठमाडौँमा संयुक्त योजना छलफल कार्यक्रम चलाइएको थियो जहाँ सबै प्रमुख सरोकारवालाहरू सहभागी थिए। यसका छलफलले एएसडी र ओएसएफलाई २०११-२०१२ को रणनीति तयार गर्न मद्दत गर्‍यो। यससम्बन्धी विस्तृत जानकारीका लागि अलि तल उल्लेख गरिएको ओपन सोसाइटी नेटवर्क कार्यक्रमको सञ्चार क्षेत्रमा साझेदारितासम्बन्धी रणनीति हेर्नुहोला।   
दक्ष र जवाफदेही शान्तिपूर्ण लोकतान्त्रिक समाजको एक हिस्साका रूपमा नेपाली सञ्चारमाध्यमको उदय। 
लक्ष्यः
•    नेपाली सञ्चार क्षेत्रलाई प्रतिनिधिमूलक, आवश्यकताप्रति सचेत, स्वतन्त्र र दक्ष बनाउन सहयोग गर्नु।

उद्देश्यः
•    सबै सरोकालवाला खासगरी रेडियोका बीचमा संवाद चलाउनु।

सरोकारवालाः संवाददाता/सम्पादक, सञ्चार संस्था र रेडियोका संस्था तथा समूह
•    नीतिगत कमजोरी पत्ता लगाई संशोधन सिफारिस गर्नु

सरोकारवालाः अनुसन्धानकर्ता, शैक्षिक/तालिम संस्था, नियामक निकाय र सञ्चार गृह 
•    सञ्चार क्षेत्रको जनशक्ति विकासका काममा सघाउनु

सरोकारवालाः संवाददाता/सम्पादक, विशेषगरी सञ्चार क्षेत्रमा कम प्रतिनिधित्व भएका सामाजिक समूहका पत्रकार

आगामी वर्षहरूका लागि मुख्य रणनीतिक क्षेत्रः
•    अभिव्यक्ति स्वतन्त्रता
•    सञ्चारमाध्यमका जनशक्तिको दक्षता अभिवृद्धि
•    आचारसंहिता
•    सञ्चारमाध्यममा प्रकाशन/प्रसारण हुने कुरा
उपाय र रणनीतिः

छलफल, अनुसन्धान, प्रकाशन, तालिम, भ्रमण, अभिव्यक्ति स्वतन्त्रता अभियान, सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारहरूको रक्षा
ओपन सोसाइटी नेटवर्क कार्यक्रमको सञ्चार क्षेत्रमा साझेदारितासम्बन्धी रणनीति यस प्रकार छः

नेटवर्क मिडिया कार्यक्रम

मार्च २०१० मा एएसडीले सञ्चार क्षेत्रको विकासका लागि काठमाडौँमा रणनीति योजना छलफल आयोजना गरेको थियो जसमा एएसडी, नेटवर्क मिडिया कार्यक्रम र नेपालको सञ्चार क्षेत्रमा कार्यरत विभिन्न संस्था तथा व्यक्ति र दक्षहरूले भाग लिएका थिए। त्यस छलफलका आधारमा ओएसएफले नेपालमा काम गर्नका लागि निम्नलिखित क्षेत्र पहिचान गरेको छः

१. तालिमः नेपालमा पत्रकारितासम्बन्धी धेरै तालिम सञ्चालन भए पनि सिमान्तीकृत समुदायका लागि आधारभूत पत्रकारिता जस्ता तालिम अझै पनि आवश्यक छ।

२. पत्रकारहरूको रक्षाः दण्डहीनताको चलन मौलाएको अवस्थामा नेपालमा पत्रकारहरूमाथि राज्य र गैरराज्य पक्षबाट पत्रकारहरूमाथि हिंसाका घटना बढ्दो क्रममा छन्। यस्तो हिंसाको निगरानी र दण्डहीनताका विरुद्धमा अभियान सञ्चालन जस्ता क्षेत्रमा ओएसएफले निरन्तर काम गर्नेछ।

३. रेडियोः रेडियो नेपालको सबैभन्दा ठूलो समाचारको माध्यम भएको छ जो नेपालका सबै भागमा फैलिएको छ। नेपालमा सामुदायिक रेडियो सञ्जाललाई सफलतापूर्वक फैलाउने काममा एनबीआई र एनएमपी दुवैले निकै ठूलो सहयोग गरेका थिए। तैपनि, नेपालको सामुदायिक रेडियो आफ्नै सफलताको सिकार हुन सक्ने अवस्थामा छ। त्यसैले, यस क्षेत्रमा रहेको असन्तुलन विशेषगरी रेडियोले प्रसारण गर्ने सामग्रीमा केन्द्र र स्थानीय कार्यक्रमका बीच असन्तुलनका बारेमा सर्भे गर्न जरुरी भएको छ।

४. छापाः नेपालमा छापा माध्यमको विस्तार अन्य माध्यमका तुलनामा अलि कम छ। तैपनि एजेन्डा तय गर्न र सम्भ्रान्तहरूका बीचमा हुने छलफलमा यसको ठूलो प्रभाव छ। वि.सं. २०४६ सालपछि यस क्षेत्रमा उल्लेखनीय विकास भयो तर सञ्चारमाध्यमप्रति हिंसा, असहिष्णुता र धम्की बढ्दै जाँदा यस क्षेत्रबाट जनशक्ति पलायन हुने क्रम छ। सेन्सरसिप बढ्दो छ। राजनीतिक र वित्तीय कारणले गर्दा खोज पत्रकारिता उति साह्रो भएको छैन।