
| सञ्चारमाध्यम |
|
सन्दर्भ सामान्यतया, नेपाली सञ्चारमाध्यमलाई स्वतन्त्र र स्वस्थ अवस्थामा रहेको मानिए पनि यसले धेरै समस्या बेहोरिरहेको छ। यस्ता समस्यामा काठमाडौँमा बढी केन्द्रित हुनु, खोज पत्रकारिता उति साह्रो नहुनु, पत्रकारहरूले राम्रो तालिम नपाउनु, सेल्फ सेन्सरसिप अपनाउनु र समाचारको कमजोर बजार हुनु आदि छन्। स्थानीय एफएम रेडियोबाहेकका स्थानीय नेपाली सञ्चारमाध्यम अविकसित अवस्थामा छन्। तुलनात्मक रूपमा स्तरीय मानिएका स्थानीय एफएम रेडियो पनि आफ्ना बुताले भन्दा काठमाडौँमा रहेका सामुदायिक रेडियो स्याटेलाइट सञ्चार र सामग्री उत्पादन गर्ने गृहहरूका कारणले गर्दा स्तरीय भएका हुन्। रणनीतिक प्राथमिकता एएसडीका सञ्चार क्षेत्रका मुख्य रणनीतिक यस प्रकार छः नेपाली सञ्चारमाध्यमलाई नेपाली जनताको सूचनाको आवश्यकता पूर्ति गर्न तयार पार्नु जसले लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र समृद्ध नेपालको निर्माण हुन मद्दत पुर्याउँछ। उद्देश्यः सरोकारवालाः संवाददाता/सम्पादक, सञ्चार संस्था र रेडियोका संस्था तथा समूह सरोकारवालाः अनुसन्धानकर्ता, शैक्षिक/तालिम संस्था, नियामक निकाय र सञ्चार गृह सरोकारवालाः संवाददाता/सम्पादक, विशेषगरी सञ्चार क्षेत्रमा कम प्रतिनिधित्व भएका सामाजिक समूहका पत्रकार आगामी वर्षहरूका लागि मुख्य रणनीतिक क्षेत्रः छलफल, अनुसन्धान, प्रकाशन, तालिम, भ्रमण, अभिव्यक्ति स्वतन्त्रता अभियान, सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारहरूको रक्षा नेटवर्क मिडिया कार्यक्रम मार्च २०१० मा एएसडीले सञ्चार क्षेत्रको विकासका लागि काठमाडौँमा रणनीति योजना छलफल आयोजना गरेको थियो जसमा एएसडी, नेटवर्क मिडिया कार्यक्रम र नेपालको सञ्चार क्षेत्रमा कार्यरत विभिन्न संस्था तथा व्यक्ति र दक्षहरूले भाग लिएका थिए। त्यस छलफलका आधारमा ओएसएफले नेपालमा काम गर्नका लागि निम्नलिखित क्षेत्र पहिचान गरेको छः १. तालिमः नेपालमा पत्रकारितासम्बन्धी धेरै तालिम सञ्चालन भए पनि सिमान्तीकृत समुदायका लागि आधारभूत पत्रकारिता जस्ता तालिम अझै पनि आवश्यक छ। २. पत्रकारहरूको रक्षाः दण्डहीनताको चलन मौलाएको अवस्थामा नेपालमा पत्रकारहरूमाथि राज्य र गैरराज्य पक्षबाट पत्रकारहरूमाथि हिंसाका घटना बढ्दो क्रममा छन्। यस्तो हिंसाको निगरानी र दण्डहीनताका विरुद्धमा अभियान सञ्चालन जस्ता क्षेत्रमा ओएसएफले निरन्तर काम गर्नेछ। ३. रेडियोः रेडियो नेपालको सबैभन्दा ठूलो समाचारको माध्यम भएको छ जो नेपालका सबै भागमा फैलिएको छ। नेपालमा सामुदायिक रेडियो सञ्जाललाई सफलतापूर्वक फैलाउने काममा एनबीआई र एनएमपी दुवैले निकै ठूलो सहयोग गरेका थिए। तैपनि, नेपालको सामुदायिक रेडियो आफ्नै सफलताको सिकार हुन सक्ने अवस्थामा छ। त्यसैले, यस क्षेत्रमा रहेको असन्तुलन विशेषगरी रेडियोले प्रसारण गर्ने सामग्रीमा केन्द्र र स्थानीय कार्यक्रमका बीच असन्तुलनका बारेमा सर्भे गर्न जरुरी भएको छ। ४. छापाः नेपालमा छापा माध्यमको विस्तार अन्य माध्यमका तुलनामा अलि कम छ। तैपनि एजेन्डा तय गर्न र सम्भ्रान्तहरूका बीचमा हुने छलफलमा यसको ठूलो प्रभाव छ। वि.सं. २०४६ सालपछि यस क्षेत्रमा उल्लेखनीय विकास भयो तर सञ्चारमाध्यमप्रति हिंसा, असहिष्णुता र धम्की बढ्दै जाँदा यस क्षेत्रबाट जनशक्ति पलायन हुने क्रम छ। सेन्सरसिप बढ्दो छ। राजनीतिक र वित्तीय कारणले गर्दा खोज पत्रकारिता उति साह्रो भएको छैन। |