
| लक्ष्य र उद्देश्य |
|
लक्ष्य क) लोकतान्त्रिक, समावेशी, समतामूलक, न्यायपूर्ण, शान्त र समृद्ध नेपालको निर्माणका लागि विवेकशील र सुसूचित संवादका प्रक्रियाबाट सहकार्यको संस्कृति विस्तार गर्ने मञ्चको रूपमा काम गर्नु,
ख) नेपालको विकासमा योगदान दिन सक्ने सचेत र सुसूचित नागरिक तयार गर्न मद्दत पुर्याउनु,
ग) नेपालको विद्वतवर्ग, सञ्चारमाध्यम र सामाजिक आन्दोलनको क्षेत्रलाई अझ बढी समावेशी र नेपाली समाजको प्रतिनिधिमूलक बनाउने,
घ) माथिका लक्ष्य हासिल गर्न समाजका विभिन्न क्षेत्रका व्यक्ति र संस्थासँग काम गर्नु। उद्देश्य एएसडीको समग्र उद्देश्य लोकतान्त्रिक मूल्य-मान्यता र लोकतान्त्रिक मूल्य-मान्यतायुक्त संस्थाको प्रवर्द्धन गर्ने लगायतका विविध विषयमा संवाद प्रवर्द्धन गर्नु हो। यसका खास उद्देश्यहरू निम्नबमोजिम छन्: क) सामाजिक संवादलाई सामाजिक र राजनीतिक मामलामा आम सहभागिता अभिवृद्धि गर्ने साधनका रूपमा प्रवर्द्धन गर्नु,
ख) शिक्षा, मानवअधिकार, आमसञ्चार र राजनीतिक सङ्क्रमणका बारेमा अभिमुखीकरण कार्यक्रम, कार्यशाला, सम्मेलन र अनौपचारिक छलफल आयोजना गर्नु र यी विषयमा नीतिगत दस्तावेज प्रकाशन गर्नु,
ग) नेपाली समाजले भोगिरहेका समकालीन विषयमा नीतिगत संवादलाई सहजीकरण गर्ने मञ्च तयार गर्नु,
घ) विभिन्न तहको सम्पर्क र सहकार्यमार्फत स्थानीय स्तरका नौला प्रयासलाई सहयोग गर्नु,
ङ) राजनीतिक नेता, नागरिक समाज र सञ्चारमाध्यमलाई खुला समाजलाई सुदृढ बनाउन प्रोत्साहन दिनु,
च) नेपालमा ओपन सोसाइटी इन्स्टिच्युट (ओएसएफ) बाट प्राप्त हुने अनुदानलाई सहजीकरण गर्न परियोजनाको विश्लेषण, मार्गदर्शन र सिफारिस प्रदान गर्नु। |